बजारमा सुनको मूल्य ओरालो लाग्दै, आज कतिमा हुँदैछ कारोबार?

बजारमा सुनको मूल्य ओरालो लाग्दै, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा आज बुधबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँको गिरावट आएको छ।

मूल्य घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि हिजो मङ्गलबार प्रतितोला सुन दुई लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला चार हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो मङ्गलबार चाँदी प्रतितोला चार हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ।

आज अन्तर्राष्ट्रिय बजारमा प्रतिऔँस सुन चार हजार ३४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने सोही परिमाणको सेतो धातु अर्थात् चाँदी प्रतिऔँस ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

छुटाउनुभयो कि ?