नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ। निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै उपभोक्ताका लागि पेट्रोलियम पदार्थको साविककै मूल्य कायम रहने जानकारी गराएको हो।
निगमको निर्णयअनुसार पहिलो वर्गमा पर्ने क्षेत्रहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २२२.५० रुपैयाँ नै कायम रहने छ। यसैगरी, दोस्रो वर्ग अन्तर्गत पर्ने सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर २२४ रुपैयाँमा बिक्री हुनेछ।
त्यस्तै, देशका प्रमुख सहरहरू काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पनि मूल्यमा कुनै फेरबदल गरिएको छैन। यस क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने निगमले जनाएको छ।