उपभोक्तालाई महँगीको झट्का: सुनचाँदीको मूल्यमा एकैदिन ठूलो वृद्धि

उपभोक्तालाई महँगीको झट्का: सुनचाँदीको मूल्यमा एकैदिन ठूलो वृद्धि

काठमाडौं। नेपाली बजारमा हप्ताको दोस्रो दिन सोमबार सुन र चाँदी दुवैको मूल्यमा भारी वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको ताजा विवरण अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेर २ लाख ९८ हजार २ सय रुपैयाँ कायम भएको छ।

यसअघि हप्ताको पहिलो दिन आइतबार सुन प्रतितोला २ लाख ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। एकैदिन तोलामा ५ हजार रुपैयाँको यो वृद्धिले सुनको मूल्य स्थानीय बजारमा नयाँ उचाइतर्फ अघि बढेको संकेत गर्दछ।

सुनसँगै चाँदीको मूल्यमा पनि सोमबार उल्लेखनीय वृद्धि देखिएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ सय २० रुपैयाँले बढेर ५ हजार १५ रुपैयाँ पुगेको छ।

आइतबार नेपाली बजारमा चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक उतारचढाव र डलरको मजबुतीका कारण स्थानीय बजारमा पनि बहुमूल्य धातुको मूल्य लगातार आकासिँदै गएको व्यवसायीहरूले बताएका छन्।

मूल्यमा आएको यो ठूलो उछालका कारण बजारमा सुनचाँदीको कारोबार र मागमा समेत प्रत्यक्ष असर पर्ने देखिन्छ।

छुटाउनुभयो कि ?