फिफा विश्वकप २०२६: टर्किएमाथि अष्ट्रेलियाको सहज जित, आयोजक अमेरिका समूहको शीर्ष स्थानमा

फिफा विश्वकप २०२६: टर्किएमाथि अष्ट्रेलियाको सहज जित, आयोजक अमेरिका समूहको शीर्ष स्थानमा

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा अष्ट्रेलियाले टर्किएमाथि सानदार जित दर्ता गरेको छ। क्यानडाको भ्यानकुभरमा आइतबार सम्पन्न निकै रोमान्चक खेलमा अष्ट्रेलियाले टर्किएलाई २–० गोल अन्तरले पराजित गरेको हो।

खेलभरि नै अष्ट्रेलियाले अत्यन्तै सशक्त र प्रभावकारी प्रदर्शन गर्दै विपक्षी टोलीलाई दबाबमा राखेको थियो। अष्ट्रेलियाको जितका लागि युवा स्ट्राइकर नेस्टोरी इरानकुन्डाले खेलको पहिलो हाफमै उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसैगरी, खेलको दोस्रो हाफमा कोनोर मेटक्याफले अर्को गोल थप्दै अष्ट्रेलियाको जित निश्चित गरे।

यस जितसँगै ३ अङ्क जोड्दै अष्ट्रेलिया समूह ‘डी’ को दोस्रो स्थानमा उक्लिएको छ। यसै समूहको अर्को खेलमा पाराग्वेमाथि शानदार जित हासिल गरेको आयोजक राष्ट्र अमेरिका गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहन सफल भएको छ।

विश्वकपका सुरुवाती खेलहरू निकै प्रतिस्पर्धात्मक बन्दै गएका छन्, जस अन्तर्गत यसअघि भएको अर्को रोमाञ्चक भिडन्तमा बलियो टोली ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन्।

छुटाउनुभयो कि ?