सुनको भाउ तोलामा रु १,२०० ले बढ्यो, चाँदी पनि महँगियो

सुनको भाउ तोलामा रु १,२०० ले बढ्यो, चाँदी पनि महँगियो

काठमाडाैं। स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पहेँलो धातु (सुन) को मूल्य तोलामा एक हजार दुई सय रुपैयाँले बढेको हो।

यस वृद्धिसँगै, गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आजका लागि दुई लाख ९३ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेर नयाँ मूल्य कायम भएको छ, जबकि यसअघि गत शुक्रबार चाँदी प्रतितोला चार हजार आठ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

नेपाली बजारमा देखिएको यो उतारचढावकै बीच अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च विन्दुमा पुगेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार दुई सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

छुटाउनुभयो कि ?