काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार विभिन्न मुलुकका मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको छ।
राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा कायम गरेको छ। त्यस्तै, युरोपियन युरो एकको खरिकदर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा तथा युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर २०७ रुपैयाँ ९४ पैसा तोकिएको छ।
केन्द्रीय बैंकका अनुसार आज स्वीस फ्र्याङ्क एकको खरिद मूल्य १९५ रुपैयाँ ६२ पैसा र बिक्री मूल्य १९६ रुपैयाँ ३८ पैसा रहँदा अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ १६ पैसा तथा बिक्रीदर ११० रुपैयाँ ५९ पैसा कायम भएको छ।
क्यानेडियन डलर एकको खरिददर ११२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ७६ पैसा हुँदा सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ७४ पैसा र बिक्रीदर १२१ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ। यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा तथा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा रहेको छ।
खाडी मुलुक र अन्य प्रमुख गन्तव्यको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४१ रुपैयाँ २० पैसा र बिक्रीदर ४१ रुपैयाँ ३६ पैसा तथा कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ ४२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ५८ पैसा कायम गरिएको छ। थाई भाट एकको खरिददर चार रुपैयाँ ७३ पैसा र बिक्रीदर चार रुपैयाँ ७५ पैसा रहँदा यूएई दिराम एकको खरिददर ४२ रुपैयाँ |१० पैसा तथा बिक्रीदर ४२ रुपैयाँ २६ पैसा तोकिएको छ।
मलेसियन रिङ्गेट एकको खरिद मूल्य ३८ रुपैयाँ ९५ पैसा र बिक्री मूल्य ३९ रुपैयाँ १० पैसा कायम हुँदा दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैयाँ २७ पैसा र बिक्रीदर १० रुपैयाँ ३१ पैसा पुगेको छ।
राष्ट्र बैंकको विवरण अनुसार स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६ रुपैयाँ ५२ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९९ पैसा र बिक्रीदर २४ रुपैयाँ ०९ पैसा तथा हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८१ पैसा रहेको छ।
उच्च मूल्य भएका मुद्राहरूमा कुवेती दिनार एकको खरिददर ५०३ रुपैयाँ ९८ पैसा तथा बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा तथा ओमानी रियाल एकको खरिददर ४०१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४०३ रुपैयाँ १६ पैसा कायम भएको छ। भारतीय रुपैयाँ एक सयको खरिददर भने यथावत १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही फरक हुन सक्ने र पूर्ण रूपमा अद्यावधिक गरिएको विवरण केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा हेर्न सकिने पनि जानकारी दिइएको छ।