नेप्सेमा ३० अंकको उत्साहजनक वृद्धि: परिसूचक २,७५४ को विन्दुमा, २४८ कम्पनीका लगानीकर्ताले कमाए

नेप्सेमा ३० अंकको उत्साहजनक वृद्धि: परिसूचक २,७५४ को विन्दुमा, २४८ कम्पनीका लगानीकर्ताले कमाए

काठमाडौँ । धितोपत्र बजारमा लगातारको गिरावटपछि आज शेयर कारोबार मापक नेप्से परिसूचकमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ को विन्दुमा पुगेको छ। यो अघिल्लो दिनको तुलनामा १ दशमलव १० प्रतिशतको वृद्धि हो।

यस्तै, ठूला र बलिया कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ६८ अङ्कले बढेर ४७१ दशमलव शून्य छ मा पुगेको छ। बजारमा उत्साह फर्किएसँगै आज कुल ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर कुल ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँ मूल्यमा खरिद-बिक्री भएको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक कारोबारमा शीर्ष स्थानमा
 

आज कारोबार रकमका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहन सफल भयो। यसका साथै आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर सर्वाधिक कारोबार हुने शीर्ष पाँच कम्पनीभित्र पर्न सफल भएका छन्।

कमाउने र गुमाउने कम्पनीहरू
 

बजार बढेका दिन आज अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन्।

यता, सर्वाधिक कारोबार भए पनि कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने आज सबैभन्दा धेरै गुमाएका छन्। यसका साथै एसबिएल डिबेन्चर, प्राइम डिबेन्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिबेन्चरका लगानीकर्ता आज बढी गुमाउने सूचीमा अग्रस्थानमा रहे। समग्र बजारमा आज सकारात्मक माहोल रहँदा कारोबार भएकामध्ये कुल २४८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको मूल्यमा गिरावट आएको छ।

धेरै पढिएको

छुटाउनुभयो कि ?