रेकर्डपछि फेरि रेकर्ड: सुनको मूल्यले लियो नयाँ उचाइ

रेकर्डपछि फेरि रेकर्ड: सुनको मूल्यले लियो नयाँ उचाइ

काठमाडौं। नेपाली बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च विन्दु नजिक पुगेको हो।

आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ, जबकि हिजो सोमबार यसको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ कायम थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य बढोत्तरी भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३५५ रुपैयाँले वृद्धि भई ५ हजार ६ सय ९५ रुपैयाँ पुगेको छ। यसअघि सोमबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उथलपुथल र डलरको मजबुतीका कारण नेपाली बजारमा पनि बहुमूल्य धातुको मूल्यले नयाँ रेकर्ड कायम गर्न थालेको व्यवसायीहरूले बताएका छन्।