काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर दुई लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटिरहँदा चाँदीको मूल्यमा भने बढोत्तरी देखिएको छ। महासंघका अनुसार आज चाँदी तोलामा ४० रुपैयाँले वृद्धि भई पाँच हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो आइतबार चाँदीको मूल्य प्रतितोला पाँच हजार ३०० रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारको उतारचढावका कारण नेपाली बजारमा पनि दैनिक रूपमा सुनचाँदीको मूल्यमा परिवर्तन भइरहेको महासंघले जनाएको छ।