काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले औपचारिक रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
महासंघको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच निर्वाचनबाट विजयी भएका सबै उम्मेदवारहरूलाई आधिकारिक प्रमाणपत्र समेत वितरण गरिएको हो।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिले आधिकारिकता प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएको थियो।
शपथ ग्रहण समारोहमा नवनिर्वाचित पदाधिकारीहरूले निजी क्षेत्रको हकहितका लागि प्रतिबद्ध भएर लाग्ने र मुलुकको आर्थिक समृद्धिका लागि सरकारसँग समन्वयकारी भूमिका खेल्ने संकल्प गरेका छन्। प्रमाणपत्र वितरण र शपथ ग्रहणसँगै महासंघको नयाँ नेतृत्वले आफ्नो कार्यभार औपचारिक रूपमा सम्हालेको छ।