काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिर्घायु कुमार श्रेष्ठलाई दिइएको छ।
मङ्गलबार ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री बिराजभक्त श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्तको जिम्मेवारी दिएका हुन्।
उनी प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए ।
प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाइएपछि अर्को व्यवस्था नहुँदासम्मको लागि श्रेष्ठलाई प्राधिकरणको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।