काठमाडाैं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ, जसअनुसार अमेरिकी डलर लगायतका प्रमुख वैदेशिक मुद्राहरूको मूल्यमा केही फेरबदल देखिएको छ।
राष्ट्र बैंकले तोकेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५२ रुपैयाँ १६ पैसा कायम भएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको मजबुतीसँगै नेपाली बजारमा पनि यसको भाउ उच्च विन्दुमा पुगेको हो।
यसैगरी युरोपियन युरो र पाउण्ड स्ट्रलिङको मूल्य पनि उल्लेख्य रहेको छ। आजका लागि युरो एकको खरिददर १७८ रुपैयाँ १६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ८६ पैसा तोकिएको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २०७ रुपैयाँ २१ पैसा रहेको छ।
स्वीस फ्रयाङ्क एकको खरिददर १९४ रुपैयाँ २८ पैसा र बिक्रीदर १९५ रुपैयाँ ०५ पैसा कायम हुँदा अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ। त्यस्तै क्यानेडियन डलरको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ १८ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ०९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५७ पैसा तोकिएको छ।
अन्य एसियाली र खाडी मुलुकका मुद्राहरूको विनिमय दर हेर्दा जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा रहेको छ।
चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा कायम भएको छ। वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने साउदी अरेबिया र कतारको मुद्रातर्फ साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७६ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसाको स्थिर विनिमय दर यथावत रहेको राष्ट्र बैंकले जनाएको छ।