काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ। सुन प्रतितोला एक हजार ८०० र चाँदी १०५ रूपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९२ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८१० कायम भएको छ। हिजो एक तोला सुन दुई लाख ९४ हजार ५०० र एक तोला चाँदी चार हजार ९१५ मा कारोबार भएको थियो।