विदेशी मुद्राको भाउ सार्वजनिक: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो

विदेशी मुद्राको भाउ सार्वजनिक: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ। पछिल्लो समय डलरको भाउमा देखिएको उतारचढावले नेपाली रुपैयाँ केही कमजोर देखिएको छ।

त्यसैगरी, युरोपियन युरोको मूल्यमा पनि वृद्धि देखिएको छ। आजका लागि युरो एकको खरिददर १७७ रुपैयाँ २९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ६० पैसा र बिक्रीदर २०५ रुपैयाँ ४१ पैसा रहेको छ भने स्वीस फ्रयांक एकको खरिददर १९१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ।

अन्य वैदेशिक मुद्राहरूमा अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८४ पैसा रहेको छ। क्यानेडियन डलरको खरिददर ११० रुपैयाँ ७२ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

एसियाली मुद्राहरूमा जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५१ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २५ पैसा कायम भएको छ। खाडी मुलुकका मुद्राहरूमा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा तोकिएको छ।

यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ। राष्ट्र बैंकले तोकेको यो दर वाणिज्य बैंकहरूमा भने केही फरक पर्न सक्नेछ।