रनको वर्षा भएको खेलमा पन्जाब पराजित, राजस्थान रोयल्सको ऐतिहासिक रन चेज

रनको वर्षा भएको खेलमा पन्जाब पराजित, राजस्थान रोयल्सको ऐतिहासिक रन चेज

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औँ खेलमा राजस्थान रोयल्सले पन्जाब किंग्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । चण्डीगढमा मंगलबार राति भएको उच्च स्कोरको प्रतिस्पर्धामा राजस्थानले पन्जाबले दिएको २२३ रनको विशाल लक्ष्य ४ बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो ।

पन्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २२२ रनको चुनोती दिएको थियो । घरेलु मैदानमा पन्जाबका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि बलिङमा चुक्दा टोलीले हारको सामना गर्नु परेको हो।

पन्जाबले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानका लागि डोनेभन फेरेराले विस्फोटक इनिङ्स खेले । उनले मात्र २६ बलमा अविजित ५२ रन जोड्दै टोलीलाई जितको नजिक पुर्‍याएका थिए । उनी ‘प्लेयर अफ द म्याच’ बने । उसका लागि ओपनर जयशस्वी जैसवालले २७ बलमा ५१ रन बनाउँदा अर्का आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीले मात्र १६ बल खेल्दा पाँच छक्कासहित ४३ रन बनाएका थिए ।

पराजित पञ्जाब ८ खेल खेल्दा १३ अंकसहित तालिकाको शीर्ष स्थानमा कायम छ । समान खेल खेलेको राजस्थान १२ अंकसहित तेस्रो स्थानमा छ । समान अंक भए पनि रनरेटका आधारमा आरसिबी दोस्रो स्थानमा छ ।