सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य वृद्धि भएको छ। सुन प्रतितोला  एक सय र चाँदी ३० रूपैयाँलेले बढेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ८०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २५० कायम भएको छ। 

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २२० मा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन चार हजार ८२१ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।