सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन प्रतितोला  छ हजार र चाँदी  ३ सय २० रूपैयाँले बढेको हो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख दुई हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार २२० कायम भएको छ। 

गत सोमबार एक तोला सुन दुई लाख ९६ हजार ७०० र त्यति नै परिमाणको चाँदी चार हजार ९०० मा कारोबार भएको थियो। गत आइतबार दुई लाख ९७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।