काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको छ।
आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १६५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोवार भैइरहेको छ। बुधबार हिजो चाँदी प्रतितोला४ हजार ९४५ रुपैयाँमा कारोवार भएको थियो।