महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन : शोभा पाठक

महेश बस्नेतलाई कुनै हालतमा उम्किन दिनेछैन : शोभा पाठक

काठमाडौं । शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पाठकले सचिव वस्नेतलाई कुनै हालतमा उम्कन नदिने र कानूनी दायरामा ल्याएर छाड्ने चेतावनी दिएकी हुन् ।

सरकारले ल्याउन नमिले पनि कानूनले आफूले कानुनी दायरबाट पक्राउ गर्ने बताइन् । उनले कठालो समातेर माइती घरमा घिसार्दै ल्याउने समेत अडान राखिन् ।

‘महेश बस्ने कदापि उम्कन सक्नुहुन्न । कानुनी दायरामा ल्याएर छाड्छु । म बाचा गर्छु यो कुनै आरोप होइन । सुधन गुरुङ र बालेन शाहको धावा दिएर बोल्दैछन । सरकारले ल्याउन मिल्दैन होला तर मैंले ल्याउन मिल्छ । म कठालो समातेर माइती घरबाट घिसार्छु,’ उनले भनिन् ।

उच्च अदालत पाटनमा विगत दुई वर्षदेखि मु्द्दा लडिरहेको बताउँदै उनले भनिन्,‘उच्च अदालतले त्महेश बस्नेतको गुण्डाराज र केपी ओली सरकारका कारणले आजसम्म मलाई दबाएर राखेको थियो । दुई वर्षदेखिको मुद्दा फैसला गर्न नसकेको अवस्थामा म न्यायको लागि पुनः जाहेरी लिएर गएको थिए ।’