काठमाडौं। नेकपा (एमाले)का सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै शोभा पाठक सरकारी वकिलको कार्यालयमा पुगेकी छन् । उनी केहीबरे अघि काठमाडौं प्रहरी परिसरमा बस्नेतलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएर सरकारी वकिलको कार्यालय पुगेकी हुन् ।
पाठकले विगत ११ वर्षदेखि आफूलाई यौन शोषण तथा दुर्व्यवहार गरेको आरोपमा बस्नेतलाई पक्राउ गर्नुपर्ने बताउँदै आएकी छन् । बस्नेतविरुद्ध २५ चैत २०८० मै जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो ।
तर सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको थियो । सरकारी वकिलको निर्णयविरुद्ध पाठकले उच्च अदालतमा निवेदन दिएकी थिइन् । तर त्यो निवेदन टुंगो लागेको छैन्।