घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य घटेको छ।

 नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा एक हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको हो। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको थियो।

यस्तै मंगलबार चाँदीको मूल्य बढेको छ। सोमबार तोलामा ४ हजार ४२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ४ हजार ५०५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ।