उच्च अंकले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

उच्च अंकले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ। शुक्रबार छापावाला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोवार भैइरहेको छ। शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोवार भएको थियो।