काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा रु चार सय र चाँदी ७० रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख नौ हजार ९०० कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ३३५ निर्धारण भएको छ।
हिजो सोमवार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख नौ हजार ५०० कायम भएको थियो भने एक तोला चाँदीको मूल्य रु पाँच हजार २६५ निर्धारण भएको थियो। गत आइतवार एक तोला सुन रु तीन लाख नौ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार २७० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ३० र त्यति नै परिमाणको सेतो धातु ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।