काठमाडौं। सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ।
यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
विगत डेढ महिनामा सुनको भाउ करिब तोलामा ३० हजार घटेको छ । यसअघि गत माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।