काठमाडाैं। काठमाडौंको महाराजगञ्जमा ‘द हाइट रेस्ट्रो एन्ड वेलनेस’ सञ्चालनमा आएको छ। विदेशमा पाइनेजस्तै सेवा सुविधा नेपालमै उपलब्ध गराउने उद्देश्यसहित शनिबार आयोजित एक कार्यक्रममार्फत रेस्ट्रो औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।
रेस्ट्रो सञ्चालक भरत खत्रीका अनुसार वेलनेस अवधारणामा आधारित यस स्थानमा जिम, साउना, स्टिम, स्पालगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न सुविधा उपलब्ध गराइएको छ। साथै, ग्राहकलाई स्वास्थ्यकर तथा अर्ग्यानिक खानाका परिकार प्रदान गर्ने उद्देश्यले रेस्ट्रो सेवा पनि सुरु गरिएको बताइएको छ।

‘द हाइट रेस्ट्रो एन्ड वेलनेस’ काे अध्यक्षमा भारत खत्री रहेका छन्। खत्री पुरानो होटल व्यावसायी हुन्। उनको विराटनगरकमा चार तारे बिग होटलसमेत संचालनमा छ। यसैगरी संचालकहरुमा रमेश कुँवर, जितेन्द्रसिंह ठकुरी र राजु वस्ती र र सन्ताेष कार्की रहेका छन्।
संयुक्त लगानीमा स्थापना गरिएको यस रेस्ट्रोले काठमाडौंमा फरक अनुभव दिन सक्ने विश्वास सञ्चालकपक्षले व्यक्त गरेको छ। उनीहरूका अनुसार यहाँ आउने पाहुनालाई आरामदायी वातावरण, स्वच्छता र गुणस्तरीय सेवामा विशेष ध्यान दिइनेछ।

सञ्चालकले आगामी दिनमा सेवास्तरलाई अझ सुदृढ बनाउँदै यसलाई काठमाडौंको प्रमुख वेलनेस गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्।