काठमाडाैं। आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा ४८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्य घटेर सुन आज तोलामा तीन लाख नौ हजार चारसय रुपैयाँमा झरेको छ।
यसअघि गएको बिहीबार र शुक्रबार पनि सुनको मूल्य तोलामा ४८ सय रुपैयाँ घटेको थियो। तीन दिनमै सुनको भाउ तोलामा नौ हजार ६ सय रुपैयाँ घटेको छ।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि घटेको छ। तोलामा २२५ रुपैयाँ घटेर चाँदीको भाउ आज तोलामा पाँच हजार दुईसय ७० रुपैयाँ घटेको छ।
गत शुक्रबार चाँदीको भाउ तोलाका पाँच हजार ४ सय ९५ रुपैयाँ थियो।
गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।