सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ।

बिहीबार सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी २० रुपैयाँले घटेर प्रतितोला ५ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ रहेको थियो।