नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार बिहीबार भने सुधारिएर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएका छन् ।

यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकका १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेश्नल हाइड्रोपावर कम्पनी र होटल फरेस्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशतले उकालो लागेको छ ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

त्यस्तै एचआइडिसीएल कम्पनीको करिब ५७ करोड र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूह घटेका छन् । यस दिन बैंकिङ उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन् ।