मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति?

मंगलबार कुन विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ।
                                                          
    युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा कायम गरिएको छ।
                                               
    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६२ पैसा तोकिएको छ।
 
    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २७  पैसा र बिक्रीदर ३९ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४ पैसा र बिक्रीदर ४० रुपैयाँ ५० पैसा कायम भएको छ।
 
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९० पैसा र बिक्रीदर नौ रुपैयाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६ रुपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८१ पैसा र बिक्रीदर २२ रुपैयाँ ९१ पैसा तोकिएको छ।
 
    राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपैयाँ २५ पैसा र बिक्रीदर ४८३ रुपैयाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४९ पैसा रहेको छ। यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
                                                        
    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।