बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति?

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। 

    यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ११ पैसा र बिक्रीदर १९७ रुपैयाँ ९२ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
 
    अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०४ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ। 

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ३३ पैसा र बिक्रीदर २१ रुपैयाँ ४२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३४  पैसा र बिक्रीदर ४० रुपैयाँ ५१ पैसा कायम भएको छ ।
 
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ ५ पैसा र बिक्रीदर १० रुपैयाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ ०३ पैसा तोकिएको छ ।
 
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ५३ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ६ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपैयाँ २१ पैसा र विक्रिदर ३८३ रुपैयाँ ७७  पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
                                           
    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।