काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएकाे थियो।
त्यस्तै, आज चाँदीको मूल्य घटेको छ । आज चाँदी मूल्य प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ। सोमबार चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको थियो।