बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति?

बिहीबार कुन विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ। 

    यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ २२ पैसा र बिक्रीदर १८८ रुपैयाँ कायम गरिएको छ।
 
    अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११४ रुपैयाँ १५ पैसा तोकिएको छ। 

    जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १४ पैसा र बिक्रीदर २१ रुपैयाँ २३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८४  पैसा र बिक्रीदर ४० रुपैयाँ १ पैसा कायम भएको छ।
 
    केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४८ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ ७ पैसा  र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८८ पैसा र बिक्रीदर २३ रुपैयाँ ०२ पैसा तोकिएको छ।
 
    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १८ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४७५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३२ पैसा, बहराइन दिनार एकको खरिददर ३८५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २५  पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

    राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।