टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं। आइसीसी टी २० विश्वकपमा पाकिस्तानलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ। श्रीलंकाको पालेकेले स्टेडियममा भएको सुपर ८ अन्तर्गतको खेलमा इङ्ल्यान्डले पाकिस्तानलाई २ विकेटले पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। पाकिस्तानले दिएको १६५ रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्डले १९.१ ओभरमा ८ विकेट गुमाउँदै १६६ रनसहित लक्ष्य पूरा गरेको हो।

इङ्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रोकले शतकीय पारी खेले। उनले ५१ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाएका हुन्। ओपनरद्वय फिल साल्ट र जोश बट्लर सस्तैमा पेभेलियन फर्किदा ह्यारी ब्रुकको शतकीय पारीले इङ्ल्यान्डको जिततर्फ उन्मुख गरेको हो। साम करनले १६ र विल ज्याक्सले २८ रन बनाए . लियम डुवासन १ रन र जोफ्रा आर्चर ५ रनमा अविजित रहे।

पाकिस्तानका लागि बलिङ तर्फ शाहिंन शाह अफ्रिदीले सर्वाधिक ४ विकेट लिए मोहम्मद नवाज र उस्मान तारिकले समान २/२ विकेट लिए।इङ्ल्यान्डले लगातार दुई खेल जित्दै ४ अङ्क जोड्दै सेमिफाइनल पुगेको हो।