बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा केही दिनयता ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ। बुधबारको तुलनामा बिहीबार छापावाल सुनको मूल्य प्रतितोलामा ४ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

योसँगै बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ। बुधबार सुनको मूल्य ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर ५ हजार ६० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य ४ हजार ८८० रुपैयाँ थियो।