सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै

काठमाडौं। भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डको सामना गर्दैछ। समूह ‘सी’ अन्तर्गतको खेल मुम्बईस्थित वानखेडे रंगशालामा नेपाली समयअनुसार राति ७ : १५ मा सुरु हुनेछ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्कण जितविहिन हुने संघारमा छ। सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहिन बनेको थियो। त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ।

नेपालले अघिल्ला तीनै खेल गुमाएको थियो । नेपालले यसअघि इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजसँग पराजय व्यहोरेको थियो।