भिल्लारियललाई हराएर रियल शीर्षमा

भिल्लारियललाई हराएर रियल शीर्षमा

काठमाडौं। केयलिन एमबापेले गरेको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार भिल्लारियललाई २-० ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ। अल्भारो अरबेलोआको टिमलाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ। रियलको ५१ अंक भएको छ।

बार्सिलोना ४९ अंकमा दोस्रो स्थानमा छ र उसले अब आइतबार हुने खेलमा अंक तालिकाको पुछारतिर रहेको रियल ओभिएडोको सामना गर्नेछ। भिल्लारियल भने ४१ अंकमा चौथो स्थानमा रह्यो।

एमबापेले यो सिजन लिगमा गरेको गोल संख्या २१ पुगेको छ। सबै प्रतियोगितामा गरेर रियलको यो लगातार तेस्रो जित हो र यसले टिम लयमा फर्केको संकेत गरेको छ।