खेलाडी क्रिस्टियानो रोनाल्डोको कोराना स्वास्थय परिक्षणको रिपोट नेगेटिभ

खेलाडी क्रिस्टियानो रोनाल्डोको कोराना स्वास्थय परिक्षणको   रिपोट   नेगेटिभ

एजेन्सी : पोर्चुगल फुटबल स्टार तथा युभेन्ट्स क्लबका खेलाडी क्रिस्टियानो रोनाल्डोको कोराना स्वास्थय परिक्षणको रिपोट आइसकेको छ। रिपोटमा कोराना संक्रमण नभेटिएको अर्थात नेगेटिभ पाइएको छ।

केहि समय अघि रोनाल्डो सम्मिलित टिम युभेन्ट्स क्लबका खेलाडी डेनियल रुगानीलाई कोरोना भाइरसको संक्रमण भएको थियो ।

हाल पोर्चुगलमा क्वारेन्टाइनमा रहेका रोनाल्डोमा कोरोना संक्रमणको आशंका गरिएको थियो । तर पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोमा परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नदेखिएको पुष्टि गरेका छन् ।

इटालीमा हुने सबै खेल प्रतियोगिता अप्रिल ३ सम्मका लागि स्थगित गरिएको छ साथै च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा युभेन्ट्सबिरुद्व लायनको दोस्रो लिगको खेल समेत स्थगित गरिएको छ ।