काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। बुधबार सुनको मूल्य तोलामा १० हजार ४ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको थियो।
यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको छ।