ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ७७ हजार २०० त्यति नै चाँदीको मोल पाँच हजार ६४५ कायम भएको छ। बिहीबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो।

बुधबार एक तोला सुन दुई ७८ हजार र त्यति नै चाँदीको मोल पाँच हजार ६५५ मा कारोबार भएको थियो। मंगलबार एक तोला सुन दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल पाँच हजार ३४० मा कारोबार भएको थियो।

गत आइतबार प्रतितोला दुई लाख ७० हजार ६०० मा कारोबार भएको छापावाला सुन हिजो तोलामा चार हजार १०० ले बढेर दुई लाख ७४ हजार ७०० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

छुटाउनुभयो कि ?