ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले बढेको हो।

मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३ सय १५ रुपैयाँले बढेको छ। यससँगै आज चाँदी एक तोला ५ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम थियो।