काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। बुधबार ४१ सय रुपैयाँले सुनको मूल्य घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुनको मूल्य २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो।
यसैगरी चाँदीको मूल्य भने बढेको छ। आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको हो।
मंगलबार ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको चाँदी बढेर आज ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।