ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। सोमबार सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६५ हजार रुपैयाँ तोकेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी चाँदीको मूल्य पनि १८५ रुपैयाँले बढेको छ। आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।