काठमाडौं। पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज दुवै धातुको मूल्य घटेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ६१ हजार र त्यति नै चाँदीको मोल चार हजार ४७० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ६२ हजार १०० र त्यति नै चाँदीको मोल चार हजार ५९० मा कारोबार भएको थियो।