कोरोनाका कारण विश्व एघार र एसिया एघारबीचको टि–२० खेल दुई हप्ताका लागी स्थगित

कोरोनाका कारण विश्व एघार र एसिया एघारबीचको टि–२० खेल दुई हप्ताका लागी स्थगित

काठमाडौ : विश्वभर फैलिएको कारोनाका कारण विश्व एघार र एसिया एघार बीचको मैत्रीपूर्ण टि–२० खेल स्थगित गरिएको छ।

बंगलादेशका पिता शेख मुजिवर रहमानको जन्मजन्तीको अवसरमा आगामी २१ र २२ मार्चमा आयोजना गर्न लागिएको खेल कोरोनाका कारण स्थगित गरिएको बंगलादेश क्रिकेट बोर्ड ९बिसिबी० ले जनाएको छ।

बिसिबीले यसअघि विराट कोहली, लसिथ मालिङ्गा क्रिस गेल, फाफ डु प्लेसिसलगायतलाई एसिया एघार र विश्व एघारबीचको खेलको उच्च प्रोफाइलको खेलाडीको रूपमा घोषणा गरेको थियो। कोहोलीको नेतृत्वमा एसिया र डु प्लेसिसको नेतृत्वमा विश्व एघार शेर–ए–बंगला नेशनल स्टेडियममा प्रतिस्पर्धा गर्ने तयारी थियो।

सोही खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने एसिया एघारबाट मैदान उत्र्ने तयारीमा थिए। बोर्डले शेर–ए–बंगला नेशनल स्टेडियममा हुने एआर रहमानको कन्सर्टसमेत स्थगित गर्ने निर्णय गरेको छ। जुन शेख मुजिबुर रहमानको जन्म शताव्दीको समारोहको हिस्साको रूपमा आयोजना गर्न लागिएको थियो।

कोरोना भाइस फैलावटको चिन्ताको कारण टिकट प्रतिबन्धका बीच बंगलादेशले अहिले जिम्बाबेविरुद्ध टी–२० आई सिरिज खेलिरहेको छ। कोभिड–१९ को प्रसारका कारण अहिले विश्वव्यापी खेल घटनालाई असर गरेको छ। स्पानिस ला लिगा फुटबल २ हप्ताको लागि खाली रंगशालामा ढोका बन्द गरेर खेलिनेछ। इटालियन सिरिए देशमा कोरानो भाइरस प्रकोपका कारण निलम्बन गरिएको छ। अर्को हप्ता आयोजना हुने बार्सिलोना र इटाली क्लब नापोली बिचको च्याम्पियन्स लिगको खेल समेत बन्द ढोका पछाडी खेलिनेछ।