लिङ्देन र थापाले गरे सहमति पत्रमा हस्ताक्षर, एकता घोषणा पुस १६ गते

लिङ्देन र थापाले गरे सहमति पत्रमा हस्ताक्षर, एकता घोषणा पुस १६ गते

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो।

राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार दुई पार्टीको एकता घोषणा सभा पुस १६ गते राष्ट्रिय सभा गृहमा हुनेछ।