पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा

पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक, सबै शक्ति शेरबहादुर देउवामा: गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको उपसभापति पूर्णबहादुर खड्का नाममात्रको कार्यवाहक सभापति भएको बताएका छन्।

पार्टीको बुधबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबै शक्ति सभापति शेरबहादुर देउवाले राखेर खड्कालाई कार्यवाहक दिएको बताएका हुन् ।

‘सभापतिले कार्यवाहक दिनु भएको छ। नाम मात्रको कार्यवाहक दिनु भयो। आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ,’ थापाले भने ।

गत असोज २८ गतेको केन्द्रीय समिति बैठकको उद्घाटन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए । भदौ २४ मा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका देउवा दम्पतीत्यसपछि उपचारका लागि विदेश गएको थियो ।


विदेशबाट एक महिनापछि फर्किँदा पनि कांग्रेस केन्द्रीय समिति बैठक जारी नै थियो । त्यसपछि देउवा पुन: पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले अन्य राजनीतिक दलका नेतृत्व, सरकारसँगको संवाद, राष्ट्रपतिसँग छलफल गरिरहेका छन् ।