मेष : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।
वृष : शुभग्रहको बहुमत रहेको छ । सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।
मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।
कर्कट : दिन सहज छ । आज गरेका काम दीर्घकालसम्म रहनेछन् । काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यमा सेवाको अवसर मिल्नेछ । परिवारमा उत्साह थपिने दिन छ ।
सिंह : स्वास्थ्यमा सुधार हुनेछ । अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ ।
कन्या : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । सानो कुराले मनमा खटपटी भए पनि गुरुसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । घुम्ने अवसर प्राप्त होला ।
तुला : आम्दानी बढ्नेछ । साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
वृश्चिक : शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ । दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने दिन छ ।
धनु : दिन राम्रो छ । धन आर्जन गर्ने समय आएको छ । सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ । कुनै सरकारी पदमा भए बढुवा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ ।
मकर : दिन सामान्य छ । साथीभाइले आक्रामण गर्ने जोखिम छ । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।
कुम्भ : शुभग्रहको पहुँचले काम बन्नेछ । धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ । रोगको जोखिम बढ्नेछ । साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ ।
मीन : सोचेको काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । मनमा झन्झट बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।