बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाडौं। तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ झिक्न लागेको छ। केन्द्रीय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग हुने अल्पकालीन उपकरण निक्षेप संकलन मार्फत ४२ दिन का लागि उक्त रकम झिक्ने तयारी गरेको हो।

राष्ट्र बैंकले पछिल्लो समय प्रत्येक आइतबार र बुधबार नियमित रूपमा बजारबाट तरलता झिक्ने कार्य गर्दै आएको छ। सोही क्रममा आज पनि अनलाइन बिडिङ प्रणालीमार्फत पैसा झिक्ने लागिएको हो।

मध्यान्ह २ बजेदेखि अनलाइन बिडिङमा सहभागी भइ बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम ५ करोडका दरले भाग जाँदा निःशेष हुने गरी कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन्।

यस्तो निक्षेप संकलनको साँवा तथा ब्याज भुक्तानी पुस २३ गते हुनेछ। राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस प्रणालीमा सहभागी हुन पाउनेछन्।