काठमाडौं। साताको पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ सय रूपैयाँले घटेर २ लाख ५८ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
शुक्रबार सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रूपैयाँमा किनबेच भएको थियो। यस्तै, आइतबार चाँदीको मूल्य भने बढेको छ। शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ।