रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेटवार्ता

रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री कार्कीसँग बालुवाटारमा भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन्। भेटमा रास्वपाका उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरु पनि सहभागी थिए।

सहकारी ठगी प्रकरणमा थुनामा रहका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएसँगै राजनीतिक गतिविधिमा सक्रिय भएका हुन्। हिजो काठमाडौं फर्किएका उनी आज पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए।

प्रधानमन्त्री कार्की र सभापति लामिछानेबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। थुनामुक्त भएपछि आजबाट पुनः पार्टी सभापतिको जिम्मेवारी सम्हाल्नुभएका लामिछाने आइतबार दिउँसो पार्टी कार्यालय पुग्दा बाजागाजासहित स्वागत गरिएको थियो।

स्वागतपछि उनले उपस्थित कार्यकर्ता तथा शुभेच्छुकहरूलाई सम्बोधन गर्दै जेन–जी आन्दोलनका शहीदका माग पूरा गर्नुपर्ने, सुशासन कायम गर्नुपर्ने तथा तोकिएको समयमा निर्वाचन सुनिश्चित गर्नुपर्ने विषयमा धारणा व्यक्त गरेका थिए।